मन्त्री त्रिपाठीद्वारा खोप अभियान निरीक्षण, ढुक्क भएर खोप लगाउन आग्रह

समाचार

1/31/2021

रुपन्देही, १८ माघ । नेपाल सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप महाअभियानलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी निरीक्षण गरिरहेका छन् ।

मन्त्री त्रिपाठीले शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षण गरेका छन् । यस्तै, शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरीक्षण गरेका थिए ।

निरीक्षणको मन्त्री त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न उनले आग्रह गरेका थिए ।

‘आजको दिनसम्म कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएका सम्पूर्ण अग्रपंक्तिका योद्धाहरुलाई धन्यवाद । यदि तपाईं को नाम सूचिमा छ भने आफ्नो खोपकेन्द्रमा गई ढुक्क भई भ्याक्सिन लगाउनुस् ।’ मन्त्री त्रिपाठीले भनेका छन् ।

मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप ढुक्क भएर लगाउन आग्रहसमेत गरेका छन् । उनले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ