रुपन्देही, १३ असार । लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले प्रदेश सरकारबाट वन ऐन पारित नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेशभरिका १२ वटा जिल्लाबाट आएकाले संसदबाट तत्कालै वन ऐन पारित गरिने बताएकी छन् ।
गृह जिल्ला अर्घाखाँचीमा विभिन्न कार्यक्रममा सहभागी हुन आएकी पाण्डेले अर्घाखाँचीको सिमाना क्षेत्रमा कपिलबस्तुले अतिक्रमण गरेको करिव १२ हजार हेक्टर वन क्षेत्रफलमा आफ्नै कार्यकालमा काडे तार लगाउने बताएकी छन् ।
सोहि क्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीले ११ महिनाको अवधिमा कुल बजेट ७ करोड ५ लाख ३० हजार मध्ये ५ करोडको ९१ लाख ६३ हजारको कार्यसम्पादन भएको डिभिजनल वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी गराएका थिए ।
प्रतिशतका हिसावले ७९ प्रतिशत कार्यक्रम सम्पन्न भएको जानकारी गराएका थिए ।
यस्तै उद्योग, वन तथा वातावरण मन्त्री पाण्डेले जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर २ मा रहेको बल्कोट प्राथमिक स्वास्थ केन्द्र लाई ६ थान अक्सिजन सिलिन्डर २५ थान पिपिई,फेसिय ४५ थान,२५ थान ग्राण्ड सेनिटाइजर १ हजार सर्जिकल माक्स प्रदान गरेकी थिइन् ।मन्त्री भई पहिलो पटक गृह जिल्ला आएकी पाण्डेलाई जिल्लाको छत्रदेव गाउँपालिाकामा पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल ,गाउँपालिका उपाध्यक्ष तुल्सा देवी श्रेष्ठ,वडा नम्बर २ का अध्यक्ष राजेश पन्थी, वडा नम्बर ३ का अध्यक्ष तेज प्रसाद खनाल लगायतको सहभागी रहेको थियो ।
तपाईको प्रतिक्रिया