महोत्तरी, २६ पुस । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली कुमारी महतोले हाल देशमा तीन तहको सरकार रहेकोले सबै मिलेर विकास निर्माणका काममा जुट्नु पर्ने कुरा बताएकी छन् ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाअन्तर्गत मटिहानीमा रहेको विग्ही पुलको शनिबार शिलान्यास गर्दै मन्त्री महतोले देशलाई विकासको गतिमा वर्तमान सरकार लागिपरेकोले सबैको लक्ष्य विकास नै हुनु पर्नेमा जोड दिइन् ।
मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भु.पु. सांसद रामदयाल मण्डल, सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरका प्रमुख संजय मिश्र, मटिहानी नगरपालिका वडा नं. ८ का अध्यक्ष गणेश प्रसाद लगायतका वक्ताहरुले कार्यक्रममा बोलेका थिए ।
रामजानकी पथअन्तर्गत रहेको मटिहानी जनकपुर सडक जोड्ने विग्ही नदीमा निर्माण हुने सो पुल ५० मी. लामो रहेको छ । पुल ७ करोड ५० लाखको लागतमा निर्माण हुने कुरा सडक डिभिजन कार्यालय मुजेलियाले जनाएको छ ।
तपाईको प्रतिक्रिया