मन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेट

समाचार

12/28/2020

काठमाडौं, १३ पुस । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलाई बधाई दिएका छन् ।

भेटमा राजदूत क्वात्रा र उपप्रधानमन्त्री रायमाझीबीच द्धिपक्षीय उर्जा सम्झौतालाई अघि बढाउने र नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयनको विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

रायमाझीले हालै उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्लो मन्त्रिमण्डल पुनर्गठनमा रायमाझीलाई उक्त जिम्मेवारी मिलेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ