बारा, २३ माघ । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाराको कलैया सदरमुकाम जोड्ने दुधौरा नदीमा शुक्रवार पुलको शिलान्यास गरेका छन् ।
बाराको परवानिपुर हाइवेदेखि पूर्व कलैया सदरमुकाम जोडने कृषि सडकमा परवानिपुर गाउँपालिका वडा नं. १ रहरियाडिह, प्रसौनी गाउपालिका वार्ड नं. ५ मा पर्ने दुधौरा नदीमा मन्त्री सोनलले पुलको शिल्यानाश मन्त्री सोनलले गरे ।
भौतिक पूर्वधार विकास मन्त्रालयबाट वजेट विनियोजन भएको १० करोडको लागतमा पुलको शिलान्यास विधिवत रुपमा सम्पन्न भएको मन्त्रीका स्वकीय सचिव रमेश सर्राफले जानकारी गराए ।
पुल निर्माण भएपछि कम दुरीमा परवानीपुर कलैया सदरमुकाम जोडने कार्य हुने मन्त्री सोनलले बताए । पुलको लम्बाई ८२ मिटर चौडाइ ११ मिटर रहेको छ ।
ठेक्का रायमाझी अबलिक आजाद कम्पनीले पाएको छ । त्यसले २० महिनाभित्र कार्य सम्पन्न गर्नेछ ।
तपाईको प्रतिक्रिया