मन्त्री साहद्वारा सप्तरीमा दलित वस्ती हस्तान्तरण

समाचार

2/10/2021

सप्तरी, २८ माघ । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं २ मा बनेको दलित वस्तीका घर उद्घाटन गरिएको छ ।

महुली सामुदायिक विकास केन्द्र, हेबिटेट नेपाल र स्थानीयको संयुक्त लगानीमा १ करोड ९ लाखको लागतमा बनेको ३४ वटा धरहरु प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले एक कार्यक्रमबीच साचो वुझाई हस्तान्तरण गरेका छन् ।

समाहरोहमा एमसीडीसीका अध्यक्ष प्रभु नारायण चौधरी, वडा नं २ का वडा अध्यक्ष, हेबिटेट नेपालका प्रतिनिधिहरुको रोहवरमा हस्तान्तरण गरेका छन् ।

सोही अवसरमा मन्त्री साहले अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं ४ सप्तरीका घरहरुको पनि निरीक्षण गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ