मन्त्री साहद्वारा स्व. माझीप्रति सम्वेदना व्यक्त

समाचार

5/4/2020

राजविराज, २२ बैशाख । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पत्रकार मनोज कुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका छन् ।

सोमबार माझीको निवासमै पुगि उनले स्व. कमलादेवी माझीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका हुन् ।

सो अवसरमा स्व. माझीका पुत्र मनोज कुमार माझी (एमके माझी) ले शोकाकुल घडीमा उपस्थित भई सम्वेदना र सद्भाव प्रकट गरेकोमा मन्त्री साहप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

मन्त्री साहसँगै हनुमाननगर कंकालनी नगरपालीका नगर प्रमुख शैलेश कुमार साह, जसपा का नेता सुनिल कुमार झा, युवा नेता बिनोद कुमार यादब, मंन्त्री का स्वकिय सचिव राजकुमार यादब, प्रेस मंचका केन्द्रीय सचिव चन्दनकुमार यादबको उपस्थिति रहेको थियो ।

राजविराज ४ निवासी ७८ वर्षिया माझीको गत सोमबार ह्दयघातबाट निधन भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ