मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ

समाचार

3/22/2021

बाँके, ९ चैत । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

२० वर्षीया महिलालाई २०७१ असार २८ गते मिठाईमा वेहोस बनाउने पदार्थ राखेर खान दिई वेहोस बनाएपश्चात भारतको वहराईच हुँदै लखनउ लगेर नाम थर नखुलेका व्यक्तिलाई ५० हजार रुपैयाँमा बिक्री गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई आइतबार वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ