मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न १ जना पक्राउ

समाचार

4/21/2021

मोरङ, ८ बैशाख । मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका–१९ बस्ने २५ वर्षीय दिनेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले २०७७ माघ १० गते दिउँसो विराटनगर महानगरपालिका–४ ईक्राई चोकबाट पीडितलाई विभिन्न प्रलोभनमा पारी लुकाई छिपाई बन्धक बनाई राखेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–१५ रानी बोर्डर एरियाबाट पीडितको उद्दार गरी मण्डललाई पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा जवरजस्ती करणी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ