काठमाडौं, २८ जेठ । नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो निर्माण गर्ने कार्यको भारतका रक्षामन्त्री राजनाथ सिंहले प्रशंसा गरेका छन् ।
मानसरोवर जाने सडकको उद्घाटन गरेको एक वर्ष एक महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) ले ‘कैलाश मानसरोवर यात्राको लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै प्रसंशा गरेका छन् ।
भारतको उतराखण्ड राज्यको धार्चुला क्षेत्रबाट नेपालको सुदुरपश्चिम प्रदेशको दार्जुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिकस्थल मानसरोवरमा पुग्ने बाटोको सिंहले २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए ।
भारतीय रक्षामन्त्रीले यो सडक निमार्णलाई उल्लेखनीय उपल्बधि भनेका छन् ।
तपाईको प्रतिक्रिया