मोरङ, ३ साउन । मोबाइल चोरी गरेको अभियोगमा सप्तरी बेलही चपेना गाउँपालिका–३ बस्ने २४ वर्षीय संजय मण्डल र सोही ठाउँ बस्ने २० वर्षीय ओम कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई विराटनगर महानगरपालिका–४ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१३ सैनिक टोल बस्ने ममता कुमारी मण्डलको डेराबाट असार ३० गते कोठामा राखेको मोबाइल तथा पावर बैंक उनीहरुले चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया