बारा, १६ कार्तिक । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माणमा ढिलासुस्तीविरुद्ध बाराका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।
व्यापारिक सडक योजना अन्तर्गत सिमरा–जितपुर खण्डमा काम सुस्त छ । सिमराको सूर्य नेपालदेखि जितपुरको गढीमाई मन्दिर खण्डमा काम सम्पन्न गर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सका कारण स्थानीयलाई सास्ती भएको छ ।
सडक निर्माणका लागि खनेर अलपत्र पारेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।
जितपुरका सडकहरु वर्षाैंदेखि अलपत्र परेपछि यहाँ व्यापारमा मन्दी छाएको, दिनहुँ दुर्घटना बढ्दै गएकोले आफूहरु बाध्य भएर चक्काजाम गर्नुपर्ने स्थितिमा आएको युवा समाजसेवी राजुराज गिरीले बताए ।
तपाईको प्रतिक्रिया