विराटनगर, ८ चैत । मोरङको तीन स्थानमा शशस्त्र प्रहरीको विओपी स्थापना गरिएको छ । आइतबार मोरङको सुनववर्षी, रंगेली र रतुवामाई नगरपालिकाका विभिन्न स्थानमा वीओपी सञ्चालनमा ल्याइएको हो ।
सीमा क्षेत्रको सुरक्षाका लागि स्थापना गरिएको शसस्त्र प्रहरीको तीन वटा विओपीको मोरङको सुनवर्षी स्थित सिकटीमा उद्घाटन गरिएको छ ।
सुनवर्षीको सिकटी विओपीमा एक कार्यक्रमको आयोजना गरी सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसादलाल दास र मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संयुक्त रुपमा सिकटी, धनापट्टी र मिर्चाडाँगी विओपीको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसादलाल दासले सुरक्षा नहुँदा बर्षौंदेखि पिडीत भएका जनतालाई शसस्त्रको विओपी स्थापना भएपछि राहत मिलेको बताए ।
उनले भने‘ विओपी स्थापना पछि सीमा क्षेत्रका जनतालाई सुरक्षाको प्रत्याभूति भएको छ ।’ संघिय सरकारले बजेट नपठाए पनि संसद विकास कोष, नगरपालिका र स्थानियको सहयोगमा शसस्त्रको विओपी स्थापना गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मोरङमा भारतसंग ६५ किलोमिटर को खुल्ला सिमाना रहेकोले अवसरसँगै चुनौति पनि रहेको बताए ।
निरौलाले भारततर्फ ३ देखि ५ किलोमिटरमा भारतीय शसस्त्र प्रहरीबल (एस्एस्वी)को पोष्ट रहेको र नेपालतर्फ पनि करिब ५ किलोमिटरको अन्तरालमा शसस्त्र प्रहरीको पोष्ट स्थापना भइरहेको जानकारी दिए ।
शसस्त्र प्रहरी वल कंकालिनी गणका एस्पी तिर्थ पौडेलले विओपी स्थापनाले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढ्ने र अबैध क्रियाकलापहरू नियन्त्रणमा आउने बताए । तीन वटा विओपी सञ्चालनमा आएसँगै मोरङमा विओपीको संख्या ११ पुगेको छ ।
तपाईको प्रतिक्रिया