मोरङ, ११ बैशाख । सुनबर्सी नगरपालिका–५ टकुवा बस्ने सन्तोष मण्डलको घरमा बुधबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया