विराटनगर, १७ जेठ । मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो लहरको अधिक असर पर्न थालेपछप पहिलोपटक वैशाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।
तपाईको प्रतिक्रिया