मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

समाचार

3/22/2021

मोरङ, ९ चैत । मोरङमा दुई छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कटहरी गाउँपालिका–३ स्थित सडकमा को.१ ख ४७८३ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका–२ बस्ने ३६ वर्षीय बच्चु डुमको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका–५ दुलारीस्थित सडकमा को.१८ प १८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री मोरङ सुन्दरहरैचा नगरपालिका–६ बस्ने ५५ वर्षीय ईन्द्र बहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालकको सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय सेवन कोईरालाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ