मिर्चैयामा उपेन्द्र र बाबुरामको पुतला दहन

समाचार

5/31/2021

सिरहा, १७ जेठ । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष अध्यक्ष डा.बाबुराम भट्टराईको पुतला दहन गरिएको छ ।

सोमबार सिरहाको मिर्चैयामा स्थानीयहरुले यादव र भट्टराईको पुुतला दहन गरेका हुन् ।

मधेशी जनताको माग पूरा गराउने नाममा जहिले पनि धोका दिएको भन्दै यादव र भट्टराईको पुतला दहन गरिएको हो ।

यता, भट्टराईले आफ्नै पार्टीका नेताहरुलाई भेडा र बाख्राको संज्ञा दिएको भन्दै आक्रोश व्यक्त भइरहेको थियो भने पुतला नै दहन गरिएको हो ।

उपेन्द्र यादवप्रति पनि पछिल्लो समय मधेशमा आक्रोश र अविश्वास बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ