सिरहा, २२ साउन । सिरहाको मिर्चैया नगरपालिकामा लकडाउन गरिएको छ । एकैदिन समुदायका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि मिर्चैया नगरपालिकाले सूचना जारी गर्दै लकडाउन गरेको छ ।
बिहिबार बिहान ६ बजेदेखि साउन ३२ गत्ते साँझ ६ बजेसम्म लकडाउन नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
लकडाउन अवधिभर बिहान १० बजेदेखि १२ बजेसम्म खाधान्न, कृषि, निर्माण, बिउबिजन, मलखाद्य, मोटर पार्टस, बैंक तथा बितिय संस्था खुल्ने सूचनामा उल्लेख छ ।
नगरपालिका र अन्तर्गतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा प्रवाह नहुने नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया