कपिलवस्तु, २० चैत । मारवाडी सेवा समितिले कृष्णनगर नगरपालिका भित्रका विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ ।
कोरोना संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण अति विपन्न र दैनिेक ज्यालादारी गर्ने परिवारलाई खानाको व्यवस्था शुरु गरिएको छ ।
कृष्णनगरमा रहेको मारवाडी सेवा समितिले निरन्तर राहत वितरण कार्य शुरु गरेको समितिका अध्यक्ष मनोज कुमार कानोडियाले जानकारी दिएका छन् ।
पक्की घर नभएको र चुलोमा खाना पकाउने कुल ७० गाउँका अतिविपन्न घरपरिवारलाई चामल, दाल, तेल, आलु, नुन, चाउचाउ, साबुन र मसलाको पोका बनाइ वितरण गर्ने योजना रहेको अध्यक्ष कनोडियाले बताए ।
समितिले पहिलो चरणमा बिहीबार कृष्णनगर नगरपालिकाका डबरा, बगही, दयानगर, सिसहनिया, पुरुषोत्तमपुर, त्रिलोकपुर लगायतका गाउँमा वितरण गरिएको बताएका छन् ।
समिति मार्फत प्रदेशसभा सदस्य विरेन्द्र कानोडियाले आफ्नो निजि सहयोगमा रु छ सयका दरले पाँच सय पोका सहयोग गरेका छन् ।
अन्य समाजसेवी र व्यावसायीहरुले आफ्नो क्षमता अनुरुप सहयोग गर्न चाहे भने हामी वितरण गर्न तैयार रहेको समिति सदस्य अशिष अग्रवालले बताएका छन् ।
तपाईको प्रतिक्रिया