मलंगवा डुबानमा

समाचार

7/19/2020

सर्लाही, ५ साउन । वर्षायाम सुरु भएसँगै जिल्लाका अधिकांश गाउँदेखि शहरी क्षेत्र डुबानमा परेका छन् । यसैक्रममा सदरमुकाम मलंगवा पनि डुबानमा परेको हो ।

दुई दिनदेखिको लगातारको वर्षाका कारण मलंगवाका विभिन्न सरकारी कार्यालयदेखि सर्वसाधारणहरुको घरसमेत डुबानमा परेको एक स्थानीयले बताएका छन् ।

सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न छन् ।

लगातारको वर्षाका कारण विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार बढी प्रभावित भएका छन् ।

जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ ।

खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत गरेको छ । मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ