मास्क बाँड्दै जनचेतना जगाउँदै प्रदेश प्रमुख डा.अहिराज

समाचार

5/2/2021

जनकपुरधाम, १८ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले आफै पसल–पसल, चौक–चौक गएर मास्क बाँड्दै जनचेतना जगाउने कार्य सुरु गरेका छन् ।

कोरोना माहामारीको दोस्रो लहरको क्रममा जनकपुरधाम लगायतका प्रदेश २ का सबै जिल्ला प्रभावित रहेको समयमा प्रदेश प्रमुख अहिराजले आफै जनकपुरधाम बजारको अनुगमन गरेका हुन् ।

मास्क लगाए नलगाएको अनुगमन गर्नका लागि प्रदेश प्रमुख अहिराजले जनकपुरधाम बजारको अनुगमन गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडेले जानकारी दिए ।

उनले जनकपुरधामस्थित मिल्स एरियाबाट शिव चोकसम्म पैदल पसले तथा बजारमा रहेका बटुवाहरुले मास्क नलगाएकाहरुलाई प्रदेश प्रमुखले मास्क बाँडेको बताए ।

कोरोना महामारीबाट प्रदेश २को धनुषा अति प्रभावित क्षेत्रमा परेकाले सबैलाई यस महामारीबाट सचेत रह्न र अरुलाई सुरक्षित तुल्याउनका लागि प्रदेश प्रमुख आफैले मास्क बाँडेको र अरुलाई पनि मास्क लगाउनका लागि अभिप्रेरित गरेको सचिव गैडेको भनाई थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ