मिस्त्रीको काम गर्ने क्रममा लडेर मृत्यु

समाचार

5/31/2020

कैलाली, १८ जेठ । लम्कीचुहा नगरपालिका–१० बस्ने ३३ वर्षीय अमित चौधरीको मिस्त्री काम गर्ने क्रममा घर माथिबाट लडेर आइतबार बिहान मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–३ मोतीपुरस्थित निर्मल सिंहको ३ तले घरमा काम गर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका चौधरीको रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ