धनगढी, २६ जेठ । कैलालीमा कृषकलाई अनुदानमा मेसिनरी उपकरण वितरण गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ३ स्थित चमेली कृषक समुहले कृषकलाई ५० प्रतिशत अनुदानमा मेसिनरी उपकरण पावर टिलर, रिपर उपलब्ध गराएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कैलालीबाट ७ लाख ३ हजार ५ सय अनुदान सहयोग र बाँकी समुहको लगानीमा ६ ओटा पावर टिलर र ५ ओटा रिपर उपलब्ध गराइएको हो । सोमबार घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले कृषकलाई उक्त मेसिनरी सामान हस्तान्तरण गरेका थिए ।
समूहका अध्यक्ष इन्द्रा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तेलहन जोनका वरिष्ठ कृषि अधिकृत महानन्द जोशी, घोडाघोडी नगरपालिका वडा न.३ का वडा अध्यक्ष कमल थारु लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया