महोत्तरीमा टिपरको ठक्करबाट दुईको मृत्यु

समाचार

1/25/2021

महोत्तरी, १२ माघ । महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुधारमा सोमबार बिहान ना८ख ९८० नम्बरको टिपरले ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका १३ वर्षीय गुड्डु नदाफ र ठेगाना खुल्न नसकेका २० वर्षीय प्रमोद राम छन् ।

गौशाला–सम्सी सडक खण्डअन्तर्गत कठुधार चौकमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको टिपरले दुवैजना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनालगत्तै स्थानीयहरुले सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ