महोत्तरीमा दुई जनाको मृत्यु

समाचार

9/20/2020

बर्दिबास, ४ असोज । महोत्तरीको बर्दिबास–६ किसानगरमा पिकप र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटना स्थानीय देव बहादुर खपाङ्गी र प्रमोद रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले जानकारी दिए ।

विपरीत दिशाबाट आइरहेको पिकप र मोटरसाइकल शनिबार साँझ दुर्घटना परेको हो। मोटरसाइकमा सवार तीन जना मध्य चालक प्रमोद र अर्का देवबहादुरको मृत्यु भएको हो ।

देवबहादुर नेपाली सेनामा बन्दोबस्ती सिपाही पदमा कार्यरत छन् । प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डीएसपी चापागाईले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ