महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

समाचार

8/19/2020

महोत्तरी, ३ भाद्र । महोत्तरीमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी ९ दिनको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जिल्ला प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मात्रै निषेधाज्ञा गरेको थियो । उक्त क्षेत्रमा साउन १५ गतेदेखि निषेधाज्ञा जारी राखिएको भएपनि संक्रमण जिल्लाभरि नै देखिएका कारण भदौ १० गतेसम्म जिल्लामै निषेधाज्ञा गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

महोत्तरीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ८८ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ