जनकपुरधाम, १४ असार । महोत्तरीमा करिब तीन हप्तादेखि बेपत्ता भएको भनिएको महिलाको विभत्स हत्या भएको छ । गत १९ जेठदेखि बेपत्ता भएकी सुजिता ठाकुरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।
महोत्तरीको लोहरपट्टी नगरपालिका ७ बस्ने मुकेश ठाकुरकी श्रीमती २६ वर्षीया सुजिता ठाकुरको शव खेतमा गाडिएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको हो।
लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो ।
सुजिता हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई नियन्त्रणमा लिएको छ भने ससुरा पतिराम भने अझै फरार रहेका प्रहरीले जनाएको छ ।
हत्याबारे प्रहरीले गरिरहेको अनुसन्धान वा कामकारबाहीप्रति स्थानीयतदेखि सामाजिक अभियन्ता तथा समावसेवीहरुले असन्तुष्ट व्यक्त गर्दै आएका छन् । प्रहरीले जुन प्रकारको अनुसन्धान गरिरहेको छ, त्यसले गर्दा शंका उब्जिएका छन् ।
सुजिता हत्याको अनुसन्धान गरिरहेको महोत्तरी प्रहरी पनि शंकाको घेरामा रहेको अधिकारकर्मी गुन्जा रायले प्रतिक्रिया दिएकी थिइन् ।
यसैगरीले, सुजिता हत्याकाण्डको स्थलगत अनुसन्धान गर्दै आएको सामाजिक अभियन्ता सरोज रायले विभिन्न तथ्यहरुसमेत सार्वजनिक गरेका छन् ।
सामाजिक अभियन्ता रायले सामाजिक सञ्जालमा यसप्रकार लेखेका छन्ः
शवको वाकी भाग खोइ ?
सुजिता ठाकुरको हत्या गरि गाडिएको खाल्डोमा कपाल, रगत, मलखाद, नुन र तन्ना वाहेक केहि नभेट्नु थप शंका उब्जाएको छ । खाल्डोबाट अत्यधिक दुर्गन्ध आउनुले पुष्टि गर्छ त्यंहा शव गाडिएको थियो । शरीरको मासु अत्यधिक नुन, मलखाद वा अन्य कुनै केमिकलको कारण गले तर २५ दिन भित्र हाड़ कसरि गल्न सक्छ ?
पकै पनि घटनाको १०–१२ दिन पछि शरीरको वाकी भाग अन्यत्र शारिएको हुनुपर्छ । एक फिटको खुदाईमा थोरै महिला कपाल भेटियो र अन्दाजी ४ फिटको खुदाई गर्दा तन्नामा पोका पारेर राखेको सडेगलेको अवशेष भेटियो ।
एक फिट मै थोरै कपाल कसरि भेटियो ?
सुजाताको माइती पक्षलाई शंका लागे पछि घटनाको १० दिन पछि खोजतलाश गर्ने क्रममा त्यही खेतमा पुगेको थियो जँहा अहिले खुदाई भएको छ । त्यंहा सुजिताको ससुर पनि आइ पुगेको थियो । यो खेत तपाई कै हो प्रश्न गर्दा ससुरा पतिराम ठाकुरले मेरो होइन भनेर जवाब दिएका थिए ।
अब पोल खुलिने छ डरले पकैपनि शवलाई सार्ने प्रयाश अवश्य गरेको होला । १०–१२ दिन पछि शरीरको मासु गलेको होला, वाकी रहेको हाड़लाई निकाल्दा कपाल माथि सम्म आई पुगेको होला र हड़बडमा एउटा पोका ४ फिट भित्र नै छुटेको होला ।
प्रहरीले यो एंगलबाट पनि अनुसन्धान गर्न आवश्यक छ । ससुरा र देवर दुई जना मात्र मिलेर पांच फिट गहिरो खाल्डो खन्न सक्दैन । यसमा अन्यले पनि पकै सहयोग गरेको हुनुपर्छ ।
पतिरामको ट्रयाक्टर चालक भोगी माथि पनि अनुसन्धान हुनु आवश्यक छ । यति मात्र होइन, ससुराको आरा मिलमा पनि प्रमाणहरु भेट्न सक्छ । मिलमा कार्यरत कामदार संग पनि सोधपुछ गर्नु पर्छ ।
तर प्रहरीले जति ढिलो गर्छ प्रमाण मेटिने सम्भावना त्यति बढी छ ।
तपाईको प्रतिक्रिया