सर्लाही, ३ फागुन । विगत २० वर्षदेखि जनस्वास्थ्य पेशामा आबद्ध र १५ वर्षदेखि स्वयंसेवी भई सामाजिक सेवामा संलग्न राज कुमार महतो राजनीतिक सेवामा प्रवेश गरेका छन् ।
समाज र देशमा बृहत सकारात्मक दिगो परिवर्तनका लागि सिस्टम बाहिर बसेर गरेको कार्यले केही हदसम्म परिवर्तन आए पनि समाजमा ल्याउन खोजेको ठूलो परिवर्तनको लागि सिस्टम भित्र नै जानु पर्ने आवश्यकता महसुस गरी राजनीतिक सेवामा प्रवेश गरेको राज कुमार महतो बताउँछन् ।
सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाको बबरगंजमा नेपाली कांग्रेस गाउँ कार्यसमिति र क्षेत्र १ ले फागुन २ गते आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश समारोहमा राज कुमार महतोसँगै चन्द्रनगर गापाका ९७३ जना व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरेका छन् ।
नेपाली कांग्रेसका उप सभापति तथा पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्री विमलेन्द्र निधिको हातबाट महतो सहित ९७३ जनाले नेपाली कांग्रेसका सदस्यता लिई पार्टी प्रवेश गरेका छन् ।
उपसभापति निधिले अबिर माला लगाई पार्टी नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
बृहत आम सभा तथा पार्टी प्रवेश समारोह कांगे्रस उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्य र चन्द्रनगर गापाका नेका कार्यसमिति सभापति जय सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेका सर्लाही जिल्ला सभापति तथा पूर्वमन्त्री नागेन्द्र यादव, सर्लाही क्षेत्र १ का संघीय सांसदका प्रत्यासी तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्वमन्त्री रामकृष्ण यादव, प्रदेशसभा सदस्य उपेन्द्र कुशवाहा, पूर्वमन्त्री डीना उपाध्याय, नेका धनुषा सभापति सरोज राय यादव लगायत विभिन्न विशिष्ट अतिथि तथा अतिथिहरुको उपस्थितीमा पार्टी प्रवेश समारोह संचालन भएको थियो ।
राजनीति मेरो लागि पेशा होइन सेवा हो, राजनीति क्षेत्रमा नवप्रवेश गरेका महतो बताउँछन् । राजनीतिलाई कमाई खाने भाँडो बनाएको र परिवारवादमा सीमित राखेकोले गर्दा वर्तमान समयमा राजनीतिमाथि जनताको भरोसा कम हुँदै गएको कुरा महतो भन्छन् ।
अर्निङभन्दा पनि सर्भिङको सोच र व्यवहारले मात्रै राजनीतिप्रति जनताको मन जित्न सकिने र समाज तथा देशको समतामूलक उन्नति सम्भव हुने दाबी महतो गर्छन् ।
शिक्षा, स्वास्थ्य, समृद्धि, समानता, सम्मान, सुसंस्कृत समाज र शान्तिसहित एकीकृत दिगो विकास आफ्नो प्रमुख ध्येय रहेको महतो बताए । विगतका दशकहरुमा देशमा व्यवस्था परिवर्तन भए पनि प्रणाली सुधार हुन सकेको छैन । प्रणाली सुधार भए मात्रै देशमा समृद्धि, सम्मान र समानता आउने विश्वास महतोको छ ।
महतोसँगै पचुलाल माझी, उमेश कुमार साह, राजेश महतो, नवीन साह, राम ईश्वर महतो, रविन्द्र महतो, रामपरि देवि माझी, सरोज कुमार महतो, जोगेन्द्र ठाकुर, सत्रोहन महतो, राम केवल महतो, रितिकराज ऋषि, उपेन्द्र महतोले पनि नेपाली कांग्रेस पार्टी प्रवेश गरे ।
महतोसँगै पार्टी प्रवेश गर्नेमा वडा ५ का राम विश्वास राय, फरिद्टोलका विद्यानन्द महतो, वरकुर्वा टोलका आनन्दी महतो, कामद्का कापर लगायतका व्यक्तिहरु नेकपा र जसपा पार्टी परित्याग गरि राज कुमार महतोसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमको संयोजन सर्लाही प्रदेश १क सभापति अनिल कर्ण र गापा अध्यक्ष प्रत्याशी श्याम सिंह, जिल्ला शिक्षक महासङ्हका गापा अध्यक्ष सरोज सिंह र नेका जिल्ला समिति सदस्य छविलाल महतो, नेका सद्स्य देव नारायण महतो, मक्सुद आलम, विकाउ मन्सुर, तेज नारायण चौधरी लगायत आयोजना समितिका थुप्रै सदस्यहरुले गरेका थिए ।
तपाईको प्रतिक्रिया