महन्थ–राजेन्द्रसहित चार नेतालाई निष्काशित गरेको जनकारी आयोगलाई

समाचार

6/1/2021

काठमाडौं, १८ जेठ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई गुटले महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार जना नेतालाई निष्काशन गरेको जानकारी निर्वाचन आयोगमा पठाइएको छ ।

दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले ठाकुर, महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा पठाएका छन् ।

जसपाका यादव र भट्टराई गुटले ठाकुर र महतोसहित चार नेतालाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

पार्टीको नीति, सिद्धान्त, विचार र कार्यदिशाविपरीत कार्य गरेको भन्दै पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्काशन गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ