महन्थ ठाकुरको अर्को सफलता : राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

समाचार

5/23/2021

काठमाडौं, ९ जेठ । लामो समयदेखि नागरिकता समस्या समाधानका लागि आवाज उठाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सफलता हासिल गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश आइतबार जारी गरेकी हुन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो समूहको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मधेशविरोधीको आरोप लगाउनेहरुका लागि ठूलो झट्का समेत लागेको छ । प्रधानमन्त्री ओली पछिल्लो समय मधेश र मधेशीका मागहरु सम्बोधन गर्दै आएका छन् ।

यता, जसरी पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनैपर्ने अभियानमा लागिका जसपाकै दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवलाई पनि ठूलो धक्का लागेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ