महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

समाचार

6/23/2020

काठमाडौं, ९ असार । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई देशबीच सदियौंदेखि रहेको सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । यसैगरी नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुन बाँकी विकास आयोजनाका बारेमा पनि छलफल भएको जनाइएको छ ।

भेटका क्रममा महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा पुगेको, संविधान बमोजिमका संरचनाहरू यसको उद्देश्यबमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ