कपिलवस्तु, १० बैशाख । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताको लागि बन्द भएको छ । वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढिरहेकोले रोकथाम गर्ने उद्देश्यले कार्यलाय बन्द रहने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको नगर कार्यपालिका कार्यालयका केही कर्मचारीहरूमासमेत कोरोना संक्रमण पुष्टी भएकोले नगरपालिका बन्द गरिएको हो ।
महाराजगन्ज नगर कार्यपालिकाको बिहिबार बैठकले बैशाख १० गतेदेखि बैशाख १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ ।
नगरपालिका भित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाहरू बाहेक नगरपालिकाको अन्य सेवाहरू बन्द रहने महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाका सबै वडा कार्यालयहरू र सबै स्वास्थ्य संस्थाहरू भने यथावत रूपमा सञ्चालन हुने छन् ।
तपाईको प्रतिक्रिया