कपिलवस्तु, २४ बैशाख । महाराजगन्ज नगरपालिकाले २५ बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार गरेको छ ।
नगरपालिकाको वडा न ७ कुशाहवामा रहेको स्वास्थ्य चौकीमा १५ बेडको र वडा नं १० को हरदौना स्वास्थ चौकी भवनमा १० बेडको आइसोलेशन तयार गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए ।
कोरोना संक्रमितलाई तत्काल उपचार गर्न आइसुलेसन तयार पारिएको कलामले जानकारी दिए । साथै नगरपालिका भित्र रहेका एम्बुलेन्स तयारी अवस्थामा रहेको नगर प्रमुख कलामले बताए ।
प्रमुुुख जिल्ला अधिकारी चक्रपाणी पान्डे नगर प्रमुख अब्दुल कलामले अक्सिजनसहित टोलीले अक्सिजनसहित आइशोलेशन सेन्टर अनुगमन गर्दै उद्दघाटन गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिए ।
आइसुलेसन सेन्टरमा नगरमा उपलब्ध सवथ्यकर्मीलाई २४ सै घण्टा सेवामा खटाइएको स्वास्थ्य संयोजक राधेश्याम कलवारले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया