महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरीद्वारा पदभार ग्रहण

समाचार

6/6/2021

काठमाडौं, २३ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चान्दा चौधरीले पदभार ग्रहण गरेकी छन् । आइतवार मन्त्री चौधरीले सिंहदरवारमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री चौधरीले सामाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि पञ्चवर्षीय रणनीतिक कार्ययोजना मन्त्रिपरिषद्मा पठाउने फाइलमा सदर गरी कार्य प्रारम्भ गरेकी छन् ।

सो अवसरमा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले समाजमा देखिएको कुरीति विरुद्धमा लागि पर्ने बताइन् ।

उनले भने, ‘म भर्खरै आएको छु, मन्त्रालय अन्तर्गत नीतिगत कार्ययोजना कार्यान्वयनका लागि प्राथमिकताका साथ के के गर्न सकिन्छ त्यसको बारेमा विस्तृत काम गर्ने योजनामा छु ।’संविधानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको लागि उल्लेखित हक अधिकारको स्पष्ट व्यवस्था गरकोले सोही अनुसार कार्यान्वयन गर्नुमा जोड दिइन् ।

उनले महिला विरुद्धको सबै हिंसाको अन्त्यका लागि तीनै तहमा तदारुकताका साथ काम गर्नुपर्नेमा विशेष जोड दिएकी हुन् ।

साथै मन्त्री चौधरीले मर्यादित महिनाबारी प्रर्वद्धन सम्बन्धी निर्देशिका २०७८ स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेकी छन् ।

सो अवसरमा मन्त्रालयद्वारा आयोजित निवर्तमान मन्त्रीको विदाई तथा नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा नव नियुक्त मन्त्री चौधरीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदैं नियम कानुन अनुसार हुने काममा ढिला सुस्ती नगर्न आग्रहसमेत गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ