महाशिवरात्रीमा भरतनाट्यम नृत्य प्रस्तुति

समाचार

3/12/2021

काठमाडौं, २८ फागुन । नेपालस्थित भारतीय दूतावास अन्तर्गत रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले महाविरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा भरतनाट्यम नृत्यको प्रस्तुति आयोजना गरेको छ ।

प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथै भारतका प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव ताण्डव, नाटेश कौथुभम आदि प्रस्तुत गरिएको हो ।

यस सांस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक–सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास दूतावासले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ