म राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध छु : उपप्रधानमन्त्री महतो

समाचार

6/6/2021

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्रीमा नियुक्त हुने बित्तिकै दिएको पहिलो अभिव्यक्तिबाट नै विवादमा तानिएका छन् ।

उपप्रधानमन्त्री महतोले शपथ ग्रहण लगत्तै नेपाल बहुल राष्ट्र राज्य हो भन्ने खालका अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भएको हो ।

यता, उपप्रधानमन्त्री महतोले अभिव्यक्तिबाट उत्पन्न विवादबारे ध्यानाकर्षण भएको बताएका छन् । महतोले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म लिङ्गको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको छु ।’ उपप्रम महतोले स्पष्ट पारेका छन् ।

उनले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । उनले यसबारे कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ