यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

समाचार

5/28/2021

कैलाली, १४ जेठ । बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ