युपीका मुख्यमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

समाचार

12/19/2019

नेपालगञ्ज, ३ पुस । नेपाल भ्रमण वर्ष २०२० का लागि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा दिन जाने तयारी भएको छ ।

बाँके जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवका अनुसार युपीका मुख्यमन्त्री योगीलाई नेपालगञ्जको बागेश्वरीदेखि स्वर्गद्वारीसम्म भ्रमण गराउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री हुनुअघि योगी नेपालगञ्ज आइरहनु हुन्थ्यो । बागेश्वरी मन्दिरप्रति उनको विशेष लगाव छ । नेपालबाट युपीमा जाने जुनसुकै टोलीलाई मुख्यमन्त्री योगीले बागेश्वरी मन्दिरको चर्चा गर्ने गर्दै आएका छन् ।

भ्रमण वर्षमा भारतीय पर्यटक बढाउन बाँकेबाट एउटा टोली भारतीय शहरमा निम्तो दिन थालेको हो । संयोजक श्रीवास्तव संयोजकत्वमा रहेको समितिले लखनऊलगायतका शहरमा गएर नेपाल भ्रमणमा वर्षमा नेपाल घुम्न आइदिन आग्रह गर्दै ‘विशेष प्याकेज’ का बारेमा जानकारी गराउने तयारी पनि गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ