कपिलवस्तु, २९ बैशाख । कपिलवस्तु अस्पतालमा अक्सिजनको अभाव भएपछि स्थानीय युवाहरुले विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोग संकलन गरी सहयोगी हातहरु अगाडि बढाइरहेका छन् ।
सोही क्रममा १५ थान ४७ लिटरको अक्सिजन सिलिन्डर कपिलवस्तु अस्पतालमा कोभिड बिरामीहरुका लागि हस्तान्तरण गरेका छन् ।
अभियानका संयोजक गोपि कृष्ण शर्मा, अधिकारकर्मी रवी ठाकुर, व्यवसायी नित्यानन्द वर्माले अस्पताललाई हस्तान्तरण गरेका ह्न् ।
अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला र कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहलाई उक्त साम्रगी हस्तान्तरण गरेका हुन् ।
आगामी दिनमासमेत अन्य क्षेत्रबाट सहयोग संकलन गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन तथा स्वास्थ्य सामग्री संकलन तथा वितरण कार्य जारी राख्ने संयोजक गोपि कृष्ण शर्माले बताए ।
साथै कोरोनाको विषम् परस्थितिमा मानतावादी रुपले सबैले एक आपसमा सहयोग र सहकार्य सुरक्षित रुपमा गर्नसमेत अभियानकर्मीहरुले जनाएका छन् ।
विभिन्न दाता तथा निकायले सहयोग गरेपछि केही हदसम्म विरामीहरुको उपचारमा सहजता आएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले बताए ।
तपाईको प्रतिक्रिया