युवा कल्याण समाजद्वारा बाल गृह र अस्पतालमा सुरक्षा सामग्रीलगायत फलफूल सहयोग

समाचार

4/22/2020

कपिलवस्तु, १० बैशाख । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं.१ पकडीमा रहेको युवा समाज कल्याणले बाल गृह (बाल मन्दिर) तौलिहवामा रहेका अनाथ बालबालिकाहरुलाई सरसफाईमा विशेष ध्यान दिन मास्क, सेनिटाईजर, ग्लोब्स, हयान्डवास, चाउचाउ लगायत फलफूल सहयोग गरेको छ ।

साथै कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा पनि दिनरात सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरसको जोखिमबाट बच्नका लागि सुरक्षा सामग्री सहयोग गरेको छ ।

आफूहरुले सेवा सुविधाको आवश्यकता परेको हरेक क्षेत्रमा सेवा सुविधा दिनका लागि चाहे त्यो सरकारी होस या गैरसरकारी सबै ठाउँमा सहयोग गर्ने कुरा संस्थाका उपाध्यक्ष वलिउद्दीन मुसलमानले बताए ।

यो विश्व महामारीले गर्दा अत्यन्त शक्तिशाली देशहरुको अवस्था दयनीय बनिरहेकोले हाम्रो देशमा पनि यो महामारी छोइसकेकोले सरकारको दायित्वको भरमा मात्र नभई यस्तो अवस्थामा संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहेको कुरा संस्थाका अध्यक्ष मोहम्मद वकिल मुसलमानले बताए ।

यस महामारीबाट बच्नका लागि जिल्ला अस्पताल तौलिहवामा यो दोस्रो सहयोगी हातको रुपमा यो कल्याण समाज यहाँ अएको कुरा अस्पतालका सुप्रीटेन्डेन्ट डा. किशोर बन्जाडेले बताए ।

सुरक्षा सामग्री लगायत फलफुल हस्तान्तरण गरिदिनेमा संस्थाका सदस्य एवम् वाणगंगा सिचाई योजनाका अध्यक्ष मेवालाल यादव, कलामुद्दिन मुसलमान, श्याम यादव, विश्वेश्वर गुप्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ