युवा लक्षित गर्दै नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रम सम्पन्न

समाचार

7/12/2020

काठमाडौं, २९ असार । युवा लक्षित गर्दै वीरगंज महानगरपालिकास्तरीय ३ दिने नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रम विधिगत रुपमा सम्पन्न भएको छ ।

नमुना युवा सांसदमा सहभागी भएका सम्पूर्णलाई कदर–पत्र दिई वीरगंज महानगरपालिकाले सम्मानित गरिएको थियो ।

निरन्तर रुपमा ३ दिनदेखि मझौला रोष्ट्रमको रुपमा तर्क वितर्क गर्ने युवा सांसदहरुले बहसा बहसी समेत गरेका थिए । यस प्रशिक्षणले गर्दा युवा पिढि भोलीको आउने निर्वाचनमा उच्च भूमिका निर्वाह गर्ने समेत युवाहरुले बताएका थिए ।

रोष्ट्रमभित्र शिक्षा अधिकृत अरविन्दलाल कर्णले युवा माननियहरुलाई पार्लियमेन्टमा हुने विभिन्न गतिविधिबारे जानकारी गराएका थिए ।

त्यसैगरी संघीय प्रादेशिक र स्थानीय सरकारको गठन तथा कार्य जिम्मेवारी संसद वा कानुनी व्यक्तित्व हुनु पर्ने यसका लागि नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ आवश्यक हुने व्यवस्थापिका र कार्यपालिका बिचको अन्तरसम्बन्ध अधिवक्ताहरु मध्येबाट हुने विषयमा प्रशिक्षणको क्रममा युवा सांसदहरुलाई सिकाइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ