रोकीराखेको लहरीमा एम्बुलेन्स ठोक्किँदा एकको मृत्यु

समाचार

11/30/2020

मोरङ, १५ मंसिर । विराटनगर महानगरपालिका–४ स्थित धिताल पेट्रोलपम्प अगाडि सडकमा रोकिराखेको लहरीमा एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

स.१च ११२२ नम्बरको एम्बुलेन्स सोही ठाउँस्थितमा रोकी राखेको एन एल ०१एल०३३६ नम्बरको भारतीय लहरीमा सोमबार बिहान ठोक्किएर दुर्घटना हुँदा सप्तरी तिलाठी कोईलाडी गाउँपालिका–२ बस्ने ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका दुवै सवारी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ