जलेश्वर, २ चैत । जलेश्वरमा आउन लागेको मिथिला परीक्रमाको व्यवस्था सम्बन्धमा सोमबार छलफल गरिएको छ । छलफल कार्यक्रममा जलेश्वर नगरपालिकी उपप्रमुख चुनचुन देवी, वडाअध्यक्ष रविन्द्र कुमार साहसहित विभिन्न कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी एवं संचारकर्मी को समेत उपस्थिती रह्यो । उनीहरुले गोदामघरको समेत निरीक्षण गरेका छन् ।
विश्रामका लागि बुधवारका दिन आउने १५ दिवसीय मिथिला परिक्रमाका पदयात्रीहरुलाई सय क्विन्टलभन्दा बढी खाधान्न सामग्री वितरणका लागि तयारी अवस्था राखिएको छ ।
प्रत्येक बर्ष झै यसबर्ष समेत परिक्रममा पदयात्रा गर्ने साधुसन्तलगायतलाई यी खाधान्न सामग्री बुधवारका दिन वितरण गरिने स्वर्गीय परशुराम साह मिथिला परिक्रमा जलेश्वर र जनकपुरधामस्थित श्रीरामजानकी धर्म संस्थाकी अध्यक्ष मुन्नी देवीले बताइन् ।
जलेश्वरको साहुजीपट्टिबाट विहान बाजागाजासहित भार्गवसरमा पुगेर मटिहानीबाट मिथिलाविहारी र किशोरीजीको प्रतिमासहित फर्किएको डोलालाई जलेश्वर महादवेको दर्शन गराई परिक्रमा विश्रामस्थलसम्म अगुवाई गर्ने परम्परा रहेको संस्थाका सचिव गोपाल प्रसाद साहले बताए ।
पदयात्रीहरुका लागि ७० मन चामल, ५ मन दाल, ८ मन गुड, २५ मन चिउरा, २.५ मन पिठो, १८ मन आलु, १५० किलो दही, चिनी, ध्यू, मसाला, खानेतेल गोदाममा राखिएको उनले बताए ।
त्यस्तै पदयात्रीलाई आवश्यक पर्ने दाउरा र परालको समेत व्यवस्था गरिएको छ । धर्मसंस्थाले मुद्धती कोषबाट आउने ब्याजलाई आधार मानेर प्रत्येक बर्ष निशुल्क खाधान्न सामग्री वितरण गर्ने परम्परा छ ।
तपाईको प्रतिक्रिया