राघो बाबा मन्दिर उद्घाटन

समाचार

8/15/2020

महोत्तरी, ३१ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा नवनिर्मित राघो बाबा मन्दिरको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले एक समारोह वीच शनिबार उद्घाटन गरेका छन् ।

मटिहानी नगरपालिकाको १० दश लाखको लागत सहयोगमा सो मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । राघो बाबा धानुक जातिको कुलदेवताको रुपमा रहेको छ ।

कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले हरेक जातिको विकासका लागि नगर पालिका प्रतिबद्ध रहेको बताए ।

मन्दिर उपभोक्ता समिति अध्यक्ष श्याम किशोर मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ९ को अध्यक्ष आविद हुसैन रामजी मण्डल, बैद्यनाथ मण्डल र इन्दल लगायतका वक्ताहरुले मन्दिर र धानुक जातिको बारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ