राजकिशोरनिकट कार्यकर्ताले उपेन्द्र यादवलाई कालो झण्डा देखाउने चेतावनी

समाचार

1/15/2021

काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाउने चेतावनी दिएका छन् ।

शनिबार सिरहामा हुन लागेको जसपाको विरोध कार्यक्रममा केन्द्रीय समितिले निर्धारण गरेको मर्यादाक्रमप्रति असन्तुष्टि जनाउँदै जसपाका नेता राजकिशोर यादवनिकट नेता कार्यकर्ताहरु अध्यक्ष उपेन्द्रप्रति आक्रोशित बनेका छन् ।

राजकिशोरनिकट राजाराम यादवले उपेन्द्रलाई फोन गरेरै यस्तो चेतावनी दिएका हुन् । उपेन्द्र र राजारामबीच भएको सम्वादको अडियो सार्वजनिक गरिएको छ ।

राजारामले राजकिशोरको मर्यादाक्रम तल किन राखेको भन्दै त्यस्तो कार्यक्रममा सहभागी नहुने र उल्टै कालो झण्डा देखाउने चेतावनी दिए ।

राजारामले उपेन्द्र यादवलाई डिक्टेटरसिप चलाउन लागेको आरोप लगाएका छन् । उपेन्द्रले जसपाको कार्यक्रममा नआउने भए ओलीको कार्यक्रम जाने हो भन्ने प्रतिप्रश्न गरेका थिए । उपेन्द्रले राजारामलाई भने, ‘काम गर्ने मन छ भने काम गर्नुस्, नभए भाग्नुस् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ