राजगढको मुसहर, डोम परिवारलाई मास्क, सेनिटाईजर वितरण

समाचार

5/3/2020

राजविराज, २१ बैशाख । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर १, २, ३ का मुसहर, डोम परिवारलाई मास्क र सेनिटाईजर वितरण कार्य गरेको छ ।

आइतबार हेल्प देम फाउन्डेसन सप्तरीले राजगढको झुटकी, कमलपुर र नर्घाैको पछवारीटोलका गरिब परिवारलाई मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।

राजगढ गाउपालीकाले झुटकीको मुसहर, सदा, डोम समुदायको १ सय परिवारलाई मास्क सेनिटाईजर बितरण गरेको फाउन्डेशनका अध्यक्ष बिवेक कुमार झाले जानकारी दिए ।

उनले भने गाउँपालिकाले बितरण गर्न छोडेका मुसहर, डोम र सदा बस्तीका १ सय परिवारमा ५ सय मास्क र १ सय सेनिटाईजर बितरण गरेको बताए ।

राजगढ गाउपालीकाको कार्यालय नजिक रहेको कोरटाईन मा बसेकाहरूलाई पनि मास्क र सेनिटाईजर बितरण गरेको फाउन्डेशनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ