जनकपुरधाम, १६ कार्तिक । राष्ट्रवादी नागरिक समाजले मुलुकमा राजतन्त्र फर्काउन भन्दै महाअभियानको सुरुवात गरेको छ ।
राजधानी काठमाडौँबाट सुरु गरेको महाअभियान अन्तर्गत शनिबार जनकपुरधाममा समेत राष्ट्रिय नागरिक समाजले र्याली निकालेको छ ।
‘राजतन्त्र पुनर्वहाली गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ लगायतका नाराहरु लगाउँदै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्ति पूर्वराजाको पक्षमा नारा लगाउँदै ¥यालीमा सहभागी भएका थिए ।
देशमा भ्रष्टाचार मौलाइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिनदिनै बढिरहेकोले त्यसको न्यूनिकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले बताए ।
उनले दलहरुले देशलाई बचाउन सक्ने स्थिति नदेखेरै आफूहरुलाई देशमा राजतन्त्रको खाँचो रहेको महशुस भइरहेको बताए ।
तपाईको प्रतिक्रिया