राजदूत आचार्यले भेटे विहारका मुख्यमन्त्री

समाचार

2/12/2021

काठमाडौं, ३० माघ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारसँग भेटघाट गरेका छन् ।

भेटमा नेपाल र भारत सम्बन्धलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्यापार, सीमा व्यवस्थापनलगायतका विभिन्न विषयहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ