रुपन्देही, १७ असोज । प्रदेश ५ को राजधानीबारे प्रदेश सरकारले गरेको प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ ।
कांग्रेसले सरकारको प्रस्तावविरुद्ध आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको हो ।
१९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।
प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ र, १९ गते त्यसमाथि छलफल गर्ने तयारी छ ।
कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा बैठकमा जान नदिने रणनीति रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया