राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाँदै

समाचार

6/4/2021

काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्रीले आज सपथ खाँदैछन् । आजै साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिदैँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच शुक्रबार दिउँसो बालुवाटारमा भएको छलफलमा उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री जसपाबाट मन्त्रिपरिषद्मा समेट्ने सहमति भएको हो ।

सहमतिअनुसार जसपाका संसदीय दलका नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्ने छन् ।

यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नेता इकबाल मियाँले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ